Section 17
परिचयपत्र रद्द हुने

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा बस्ने नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता लिएमा निजले यस ऐन बमोजिम प्राप्त गरेको परिचयपत्र स्वतः रद्द हुने छ ।
(२) उपदफा (१) बमोजिम परिचय पत्र रद्द भएमा विदेशमा बस्ने नेपाली नागरिकले सो हैसियतमा यस ऐन बमोजिमको कुनै सुविधा तथा सहुलियत पाउने छैन ।